समाज

खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गयो

सोलुखुम्बु- खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गएको छ। भ्रमणका लागि आएका २८ वर्षीय म्यारोन गेएटन्को लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोक्योस्थित तेञ्जिङ नुरु शेर्पाले सञ्चालन गरेको चोयु भ्यु लज रेष्टुरेण्टमा शनिबार राति बास बसेका उनलाई राति लेक लागेको थियो।

प्राथमिक उपचारका क्रममा आइतबार विहान ५ बजे मृत्यु भएको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए। आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ १३:४५ आइतबार

खुम्बु लेक विदेशी_नागरिक मृत्यु