समाज

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवनिकट विद्यार्थी नेता पक्राउ

काठमाडौं– भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। 

आइतबार काठमाडौंको माइतीघर मण्डलामा विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएका चन्द नेतृत्वको नेकपामा आवद्ध अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई प्रहरीले विरोध प्रदर्शनस्थलबाटै पक्राउ गरेको हो। उनीहरुले भारतको विरोधमा प्रदर्शन गरिरहेका विभिन्न समूहहरुको बीचमा रहेर सरकारविरुद्ध समेत चर्का नाराबाजी गरिरहेका थिए। त्यसैबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लव र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ। सरकारले चन्द नेतृत्वको नेकपालाई आतंकवादी समूह घोषणा गर्दै उनीहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ १०:५३ आइतबार

विप्लव_समूह विद्यार्थी_नेता पक्राउ भारत नेपाली_भूमि