समाज

हृदयघातका कारण वडा अध्यक्षको मृत्यु

मृतकको अन्त्येष्टी गर्न लैजादै। तिस्वर : नागरिक

रोल्पा- जिल्लाकाे सुनिल स्मृती गाउँपालिका वडा नं. ३ मिझिङका वडा अध्यक्षको मृत्यु भएको छ।

गत स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ६२ बर्षिय जेदबहादुर बिष्टको शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको परिवारले बताएको छ। बिष्टका श्रीमती, तिन छोरी र एक छोरा छन्।

मृतक अध्यक्षको शनिबार हिन्दु परम्परा अनुसार घर छेउको डाँडामा अन्त्येष्टी गरिएको छ। जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढा, नेपाली कांग्रेस रोल्पाका काबा. सभापती किशोर आचार्य, लुङग्री गाउँपालिका प्रमुख दुर्गा खड्का, सुनिल स्मृती गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्री लगायत आफन्त, बिभिन्न जनप्रतिनिधि र स्थानीयहरुले अन्तीम श्रद्धाञ्जली दिएका थिए।

 

प्रकाशित: २३ कार्तिक २०७६ ०९:४२ शनिबार

वडा_अध्यक्ष मृत्यु