समाज

‘कामलाई पूजा ठान्छु’

फूलको व्यापारले चल्दै छ, अमृता टण्डुकारको घर–व्यवहार। डेढ दशकअघि पतिको निधन भएपछि उनलाई घर–व्यवहार चलाउन समस्या हुन थाल्यो। त्यसपछि उनले फूलको व्यापार सुरु गरिन्।

उनले ललितपुरको ग्रामीण भेग लेले, चापागाउँ, भारदेउ लगायत ठाउँबाट किसानले ल्याएका फूल किन्छिन् र माला बनाउँछिन्। अनि पाटन क्षेत्रमा मन्दिरको अगाडि बसेर बेच्ने गर्छिन्।

यही व्यापारबाट उनले सन्तानको पढाइखर्च, घरखर्च चल्ने गरेको छ। उनी भन्छिन्, ‘कामले सक्षम बनाउँछ। माला बुन्ने काम नै मेरो पूजा हो। यसैले मेरो संसार चलेको छ।’
प्रस्तुति : उपेन्द्र लामिछाने।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:३४ शनिबार

पूजा काम फूल