समाज

व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न आदेश

काठमाडौं- व्यवसायी तथा पूर्व अर्थसहायकमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

उनीहरु दुवै जना बिहिबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। हाउजिङ निर्माणमा ठगि गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सात दिनको म्याद माग गर्दै जिल्ला अदालत काठमाडौं लगेको थियो।

 

प्रकाशित: २२ कार्तिक २०७६ ११:२९ शुक्रबार

पक्राउ व्यापारी रुप_ज्योती