समाज

खोलामा एक व्यक्ति मृत फेला

खोटाङ– खोटाङको केपीलासगढी गाउँपालिका–६ दिप्सुङका बृद्ध पदमबहादुर राई मृत फेला परेका छन्। बिहिबारदेखि सम्पर्क बिहिन भएका ६० वर्षीय राई शुक्रबार दिउँसो स्थानीय दिनाखा खोलामा मृत फेला परेका हुन्।

दिनाखा खोलाको काठको साँघुमुनि शव भेटिएकाले उनको साँघुबाट लडेर मृत्यु भएको अनुमान गरिएको दिप्सुङका वडाध्यक्ष अशोक राईले बताए।

घटनाको विषयमा जानकारी आए लगत्तै कानूनी प्रकृया पुरा गर्नका लागि ईलाका प्र्रहरी कार्यालय बाक्सिलाबाट सई दावा तामाङ नेतृत्वको टोली घटनास्थल तर्फ गएको छ। मृतकको शव पोष्टर्माटमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल पुर्‍याउने पहल भइरहेको छ।

ट्याक्टरबाट लैजान ६० हजार रूपैयाँ भाडा लाग्ने भएकाले गाउँपालिका र अन्यसँग चन्दा उठाएर शवलाई अस्पतालमा लैजाने तयारी भइरहेको वडाध्यक्ष राईले बताए।

प्रकाशित: २२ कार्तिक २०७६ ११:१७ शुक्रबार

मृत फेला