समाज

यस्ता छन् आलमलाई न्यायाधीशले सोधेका ५२ प्रश्नकाे सवालजवाफ

रौतहट- राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमले बयानमा आफुलाई अप्ठ्यारो हुने प्रश्नको जवाफ अस्वीकार गरेका छन्। तीन दिनदेखि सुरु भएको बयानमा बिहिबारसम्म आलमलाई चार नम्बर इजलासका न्यायाधीश दीपक ढकालले ५२ वटा प्रश्न सोधेका थिए।

न्यायाधीश ढकालले सोधेका अधिकांस प्रश्नको जवाफमा आलमले अपराध अस्वीकार गरेका छन्। तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए।

प्रकाशित: २१ कार्तिक २०७६ ०८:४९ बिहीबार

राजपुर_बम_काण्ड मोहमद_आफताब_आलम