समाज

संरचना हटाउने क्रममा घर धनीको मृत्यु

बर्दिया– हुलाकी सडक विस्तारको लागि पुराना घर संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ। गुलरिया–७ स्थित दुर्गा गेष्टहाउसको संरचना हटाउने क्रममा सोही गेष्टहाउसका धनी ६५ वर्षीय भविप्रसाद पौडेलको मृत्यु भएको हो।

पौडेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनामा घाइते भएका अन्य दुई जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। रासस

प्रकाशित: २० कार्तिक २०७६ १२:०९ बुधबार

घर धनी मृत्यु