समाज

कार दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

अर्घाखाँची- सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अन्तर्गत नरपानी भन्ने ठाँउमा बुधबार बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० बर्षिय दुर्गादेवी खड्का, उनका दुई छोरा ४३ बर्षिय भक्तबहादुर खड्का र ३९ बर्षिय तिलबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा २ जना घाइते भएका छन्।  घाइते हुनेमा चालक ४९ बर्षिय गंगावहादुर खड्का र २६ बर्षिय विनोद खड्का रहेका छन्। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार पछि थप उपचारकालागि वुटवल पठाइएको छ। घाइते मध्ये विनोद खड्काको अवस्था गम्भीर छ।

प्रारम्भिक अनुसन्धानबाट ओरालो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ। कार सडकबाट करिब १ सय पचास मिटर तल खसेको थियो।

प्रकाशित: २० कार्तिक २०७६ ०९:१३ बुधबार

कार_दुर्घटना मृत्यु