समाज

लागुऔषधसहित युवक पक्राउ

लहान– सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबाजार नगरपालिका– ४ का १९ वर्षीय विजय कुमार यादव छन्। 

सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेका यादवलाई सीमावर्ती भारतीय सहरबाट खरिद गरेर बरियारपट्टी नाका हुँदै नेपाल भित्र्याउँदै गरेको २ थान डाइलेक्स डिसी, ३६ चक्की नाइट्राभेट, १०० चक्की नाईट्रोजन, २४ चक्की स्पास्मो (लागुऔषध) सहित पक्राउ गरिएको हो।

पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सिरहामार्फत लागुऔषध मुद्दामा कारबाही अघि बढाइएको चतुर्वेदीले बताए।

प्रकाशित: १९ कार्तिक २०७६ १५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App