समाज

कालङ्गा सुरुङभित्रै थुनिए चार मजदुर, अवस्था अज्ञात

बझाङ- बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन्। उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन्।

दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए। आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताए। उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए। 'चार जनाको अवस्था अज्ञात छ', बमले भने।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको  टोली घटनास्थलतर्फ गएको छ। सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ। पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०९:११ सोमबार

कालङ्गा सुरुङ मजदुर