समाज

भालुको आक्रमणबाट एक गम्भीर घाइते

भीमेश्वर- दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडौं सिफारिश गरिएको छ।

जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो। भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिरी अस्पतालबाट काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए।

उक्त स्थान सदरमुकामबाट ८० किलोमिटर पूर्वमा पर्दछ। रासस

प्रकाशित: १८ कार्तिक २०७६ ०९:०० सोमबार

भालु आक्रमण