समाज

बालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान

खोटाङ– खोटाङमा वालबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ४० वर्षीय पूर्णबहादुर राईलाई अदालतले तोकिए अनुसारको सजाय भुक्तानका लागि आइतबार कारागार चलान गरिएको हो।

जिल्ला अदालतले २०७१ साल पुस २७ गते एक महिना कैद र पाँच हजार जरिवाना हुने फैसला सुनाएका राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। अदालतबाट सजायको फैसला सुनाइए पनि प्रतिवादी हालसम्म फरार रहेको जनाइएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ १५:०२ आइतबार

बालबिवाह फरार_प्रतिवादी कारागार_चलान पूर्णबहादुर_राई