समाज

सुनकोशीमा यात्रुबाहक बस खस्यो, ६ जनाको शव फेला

सिन्धुपाल्चोक– दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ आएको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनीको राजमार्गबाट दिउँसो सवा एक बजे बस खसेको हो। स्थानीय व्यवसायी अन्जन खड्का अनुसार ६ जनाको शव नदीबाट निकालिएको छ। ३ महिला, एक बालक र २ पुरुष रहेका छन्। 

सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनाको विस्तृत जानकारी आउन बाँकी छ। बसमा कति यात्रु सावार थिए भन्ने एकिन जानकारी आएको छैन। प्रत्यक्षदर्शीका अनुसार नदीले धेरै यात्रुलाई बगाएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०८:२५ आइतबार

यात्रुबाहक दुर्घटना