समाज

ब्राउनसुगरसहित तीन जना पक्राउ

धम्बोझी – प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दियाबाट पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।

तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुए।

प्रकाशित: १७ कार्तिक २०७६ ०४:३० आइतबार

लागुऔषध ब्राउनसुगर पक्राउ प्रहरी