समाज

भैरहवामा छठ, अस्ताउदो सुर्यलाई अर्घ

भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक

भैरहवा- मिथिलाञ्चलवासीको महान् पर्व तथा आस्थाको रुपमा मानिने छठ पर्व भैरहवामा पनि धुमधामका साथ मनाइदै छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले बिगत ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा सामुहिक रुपमा मनाउदै आएता पनि विगत ३ बर्ष देखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाएका छन्।

मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउने गर्छन्।

भैरहवामा पनि हनुमान मन्दिर र काली भक्ति गण (आर्मी क्याम्प)मा छठको पूजा गरिएको छ । जलाश्यमा गई अस्ताउदै गरेको सूर्यलाई अर्घ दिदै आज पूजापाठ गरिएको छ भने भोली आइतबार विहान ३ वजेबाट पूनः सोही जलाश्यमा गई अर्घ दिदै छठको समापन हुन्छ । भक्तजनहरुको सुविधाका लागि पोखरी सफा गरी सजावट भएको छ, सुरक्षा र प्राथमिक उपचारको पनि व्यवस्था गरिएको छठ पुजन समिति सिद्धार्थनगरका संयोजक आनन्दप्रसाद गुप्ताले बताए । श्रदालु भक्तजनहरुका लागि विगत ४ वर्ष देखि २ ठाँउमा पुजा गर्ने व्यवस्था गरेका छौँ । करीब पच्चीस हजार भक्तजनहरुले आज पूजा गरिसकेको उनले बताए ।  

ठाँउको अलिकति समस्याका कारण दुवै ठाँउको पोखरी डिलमा भक्तजनहरुले पहिलै आएर पुजा गर्ने स्थानमा माटोको मन्डप बनाएका थिए, यस वर्ष काली भक्ती छठ पोखरीमा २ हजार एक सय बढी बेदी बनाएका थिए भने  रामजानकी मन्दिरको पोखरीमा पनि करिब २ सय पचास बढिले वेदी मन्डप बनाइ पुजा गरेका छन भने शनिबार राती ७ वजे देखि कलाकार सहित रात्री जागरणको कार्यक्रम रहेको छठ पूजा समितिले जनाएको छ ।

छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी नामले चिनिए पनि छठी मइयाँ नामले पनि प्रचलित छ । भैरहवामा ५० वर्ष देखि सेनाको व्यारेक प्राङगढमा रहेको पोखरीमा छठ पुजा गरे पनि सुरक्षा निकाय जस्तो संवेदनशील ठाँउ  र सेनाको गणमा चाप कम होस भन्ने उद्देश्यले हनुमान मन्दिरमा छठ पोखरी स्थापना गरी मनाउदै आइएको छठ पूजन समिती गल्लामण्डीका संयोजक रविकान्त गिरीले बताए । २ वटा पोखरीमा अहिले छठको पूजा भएको छ , भक्तजनहरुको चाप बढ्दै गएकोले आउने वर्ष  पोखरी थपेर अझ व्यवस्थित बनाउनु पर्छ, उनले भने ।

बर्षेनी छठ प्रति आस्था राख्ने बढेकाले सेनाको परिसरमा व्यवस्थापन गर्न गाहे र सुरक्षा निकाय जस्तो ठाँउमा मेला लगाउन असजिलो भएकाले हनुमान मन्दिरमा पोखरी निर्माण गरी पुजा गर्न थालिएको रामजानकी हनुमान मन्दिर समितीले जनाएको छ । छठी माईका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा, धकधई बेथरी मर्चवार र आसपासका क्षेत्रहरुका जलाशयमा धुमधामका साथ मनाइएको छ ।

के के हुन्छ

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ विहीबार देखि सुरु भएको छ । पहिलो दिन विहीबार व्रतालुहरु नुहाई धुवाई गरि चोखो भई आफै तयार गरेको स्वच्छ सफा सात्विक भोजन(खाना) गरेर वर्त बसिन्छ, जसलार्ई अरबाइन वा अरबा पनि भनिन्छ ।
त्यसतै ’खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालुहरु उपवास निराहार बसेर साँझको समयमा छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरिन्छ र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा  रोटी, खीर, नैवेद आदि शान्तमय वातावरणमा भोजन गरी आफ्ना साखासन्तानलाई ’खरना’को प्रसाद वितरण गर्ने चलन छ ।

छठ पर्वको तेस्रो तथा मुख्य दिन शनिबार षष्ठी तिथिमा सफा बस्त्र लगाई गहुँ/चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, अदुवा,भोगटे, उखु, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, र मिठाइ सहितका प्रसादहरुलाई बाँसले बनाइएको ढकी नाङ्लो आदिमा राखेर जलाशयको छेउमा गएर व्रतालुहरु पानीमा बसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गरिन्छ ।

सप्तमी तिथि अर्थात चोथौ र अन्तिम आइतबार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन उदाउँदो सूर्य र षष्टी मातालाई दोस्रोअर्घ दिई छठ सम्पन्न गरिन्छ ।

किन मनाइन्छ

ज्योतिष शास्त्रका अनुसार छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणतिर भएकाले कन्या राशि स्थिीत हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर प्रभावकारी र मानवका लागि आल्हादकारी हुन्छ । सूर्यको प्रभाव पृथ्वीमा पर्ने भएकाले सूर्यको किरण र पृथ्वीको उर्वरशक्तिले मात्र सम्पूर्ण जीव जीवात्माका जीवन सम्भव भएकाले पनि प्राचीन समयदेखि नै ऋषि महर्षिले पृथ्वीलाई धरणी र सूर्यलाई ग्रहणी भन्दै यिनका महिमालाई नतमस्तक भई स्वीकार गरेका छन् । ऋगवेदमा सूर्य नै बल यश चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै श्रद्धालुहरुले पनि सोही कुराको प्राप्तिका लागि यो पर्वमा पूजापाठ गरी मनोवगत फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

इसा पूर्वमा आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ  । त्यसैगरी महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
 

भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
भैरहवा स्थित छठ पोखरीमा पूजा गर्दे भक्तजन । तस्विर/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App