समाज

तेजाब प्रहार गरी फरार भारतीय नागरिक ७ वर्षपछि पक्राउ

काठमाडौं- अनुहारमा तेजाब प्रहार गरी फरार रहेका एक अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन्। ०७० बैशाख ९ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ की विन्दावासिनी कंसाकारमाथि तेजाब प्रहार गरी फरार रहेका दिलिराज केशरी बिहिबार साँझ करिब ९ बजे पक्राउ परेका हुन्।

आफ्नै भाँडा पसलमा बसिरहेकी कंसाकारमाथि भारत माहाराजगञ्जका केशरीले तेजाब प्रहार गरेका थिए। केशरीलाई जिप्रका मकवानपुर र जिप्रका बाराको प्रहरी टोलीले  बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता यत्रप्रसाद भट्टराई बताए।

प्रकाशित: १५ कार्तिक २०७६ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App