समाज

सिद्धपोखरी  खेल मैदान सरसफाई

भक्तपुर– भक्तपुरको सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाई गरिएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १७ देखि २३ गते सम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई लक्षित गरि सरसफाई आयोजना गरिएको हो।

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदान भएकाले उक्त क्षेत्रमा सरसफाइ गरिएको हो। सरसफाईमा विभिन्न स्कुलका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नपाले आयोजना गर्न गइरहेको खेलकुदलाई महोत्सवको रुपमा मनाउने क्रममा सरसफाई गरिएको बताइन्।

सरसफाइ कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउनुको मुख्य उद्देश्य सरसफाइ, अनुसन्धान, सम्पदा संरक्षणलगायतका कार्यहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै भविष्यसम्म निरन्तरताको लागि भएको बताइन्।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नियमित सरसफाइ कार्यक्रमलाई जनप्रतिनिधि, कर्मचारीहरु, स्थानीय समाजसेवी र संघसंस्थाहरुले साझा जिम्मेवारी दायित्वको रुपमा लिनुपर्ने बताए। 

प्रकाशित: १५ कार्तिक २०७६ ०९:३३ शुक्रबार

सिद्धपोखरी भक्तपुर सरसफाई