समाज

कृष्णनगरको निषेधाज्ञा अझै जारी

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरमा झडपका कारण उत्पन्न विवादका कारण निषेधाज्ञा लागूको भएको समयमा एक भारतीय नागरिको ज्यान गएको थियो। स्थानीय प्रशासनले लगाएको उक्त निषेधाज्ञा आज पनि जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको थियो । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको बताए । उनले भने,'निषेधाज्ञा र पछिल्लो अवस्थाको बारेमा छलफल गर्न १० बजे जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको छ।'

२० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।गोली लागेर मृत्यु भएका पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार साँझ विसर्जन गर्न लैजांदै गर्दा मुश्लिम समुदायसंग विवाद उत्पन्न भएको थियो।

तिहारको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच विवाद भएपछि स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले विहीबारबाट कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित: १५ कार्तिक २०७६ ०४:११ शुक्रबार

कृष्णनगर निषेधाज्ञा