समाज

लोड गरिएको अमेरिकन पेस्तोलसहित तरुण दलका नगर अध्यक्ष पक्राउ

काठमाडाैँ – लोड गरिएको अमेरिकन पेस्तोलसहित तरुण दलका नगर अध्यक्ष पक्राउ परेका छन्। नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोड गरिएको उक्त अमेरिकन पेस्तोलसहित पक्राउ परेका हुन् ।

शंकास्पद गतिविधिदेखिएपछि शाहमाथि चेकजाँच प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त पेस्तोल फेला परेको थियो। प्रहरीका अनुसार निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेको हो।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लोड गरिएको पेस्तोलसहित शाह पक्राउ परेको पुष्टि  गरे। उनले भने,‘शाहसहित ५ जना पक्राउ परेका छन्।’

प्रकाशित: १५ कार्तिक २०७६ ०३:२७ शुक्रबार

मेरिकन_पेस्तोल तरुण_दल पक्राउ