समाज

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहट– रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साह रहेका छन्। उनको पेटमा गोली लागेको छ।

कपडा तस्करले गोली प्रहार गरेको उनले आरोप लगाएका छन्। गौरको वडा नं ३ स्थित विद्युत प्राधिकरण अगाडि गोली चलेको थियो।

घाइते साहका अनुसार गोली हान्ने पनि भारतीय नागरिक नरेश राम हुन्। आन्तरिक विवादका कारण गोली प्रहार भएको प्रहरीको अनुमान छ।

साहको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे छ। 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक डिएसपी नविन कार्कीले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०७६ १३:४८ बुधबार

गोली घाइते रौतहट भारतीय_नागरिक