समाज

खोलाले बगाउँदा बालकको मृत्यु

नुवाकोट- बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ। आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो।

खोलाले बगाउँदै गर्दा उद्धार गरी विदुरको चक्रदेव पोलिक्लिनिकमा उपचार गर्ने क्रममा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विशाल मिजारका छोरा विप्लव काठमाडौँ बस्दै आएका थिए।

उनी तिहार मनाउनका लागि गाउँमा आएका थिए। मिजार साथीसँगै खोलामा पौडी खेल्न गएका थिए। रासस

प्रकाशित: १३ कार्तिक २०७६ १३:११ बुधबार

बगाउँदा बालक मृत्यु