समाज

सोलुखुम्बुमा बेलायती नागरिक मृत फेला

सोलुखुम्बु– सोलुखुम्बुमा एक विदेशी नागरिक मृत भेटिएका छन्। जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका ४ को एक होटलमा बास बसेका ५४ बर्षका एक बेलायती नागरिक मृत भेटिएका हुन्। 

बेलायतका केलीनु जोसेफ नाम गरेका नागरिक सोमबार साँझ सो होटलमा बास बसेको र मगंलबार बिहान साढे ६ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृत्यु कारण खुल्न सकेको छैन। प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरी मृतकको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको छ।

प्रकाशित: १३ कार्तिक २०७६ ०४:२१ बुधबार

सोलुखुम्बु बेलायती_नागरिक मृत्यु