समाज

कुखुराको खोरमा जुवा खेलिरहेका २५ जुवाडे पक्राउ

बेँसीशहर - बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित: १२ कार्तिक २०७६ १३:०३ मंगलबार

जुवा जुवाडे पक्राउ