समाज

भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

चितवन- चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो । प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ ।

भरतपुरको चौविस कोठीबाट पटिहानी र मेघौली तथा नारायणगढबाट लोथरसम्म निःशुल्क बससेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

उनले भरतपुर महानगरपालिकासँगको समन्वयमा बस सञ्चालन गरिएको जानकारी दिए । प्रहरी स्कूल, जुनियर प्रहरी अधिकृत शिक्षालय, चितवन मेडिकल कलेजको बस र विभिन्न स्कूलका बस निःशुल्क सञ्चालन गरिएको उनले बताए।

प्रकाशित: १२ कार्तिक २०७६ १२:५७ मंगलबार

सार्वजनिक_सवारीसाधन निःशुल्क_बस_सेवा