समाज

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’शुरु

सोलुखुम्बु– जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ। 

रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे। आयोजक संस्था ‘दी स्मल वल्र्ड’काअध्यक्षकर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगि पुनःतल्लो क्षेत्रको फाप्लुमाआएर रेस समापन हुनेछ।

धावकहरु ४ हजार ६ सयअग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँजुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्रताल दूधकुण्डपोखरी हुँदैै दौडिने छन्। प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउदै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताए। रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन्। 

रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन्। रेसमा बेल्जियम, स्वीजरल्यान्ड लयागतका युरोपेली देशका धावक पनि सहभागी छन्। रेसमा चर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागी भएका छन्। शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन्। ५ औं पटकसम्म अन्तर्राष्ट्रियस्तरको दौडमा विजेता बनेका दाछिरी सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका हुन्।

३ सय १० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिन लाग्नेछ। रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोलापास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ। फर्किने क्रममा धावकहरु गोरक्सेप, लोबुचे, फेरिचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्ने छन्।

 

प्रकाशित: १२ कार्तिक २०७६ ११:४९ मंगलबार

सोलुखुम्बु_ट्रेल_रेस पर्यटन_बर्ष_२०२०