समाज

रानी पोखरीमा पनि भाईटीका

काठमाडौं- दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाएका छन्।

रानी पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले टिका लगाईरहेका हुन्।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाईटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ। बिहान ७ बजेबाट सुरु गरिएको भाईटीका बेलुका साँढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ।

दिदीबहिनी नभएकाहरुले सो मन्दिरमा पुगेर भाईटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो।

प्रकाशित: १२ कार्तिक २०७६ ०६:३६ मंगलबार

रानी_पोखरी भाईटीका