समाज

भालुको आक्रमणबाट ६६ बर्षिय बृद्ध गम्भिर घाईते

सोलुखुम्बु- भालुको आक्रमणबाट सोलुखुम्बुका एक बृद्ध गम्भिर घाईते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका ५ कुनिखोपका ६६ बर्षिय श्रीमान तामाङ घर नजिकको जंगलमा घाँस काट्न गएका बेला सोमबार विहान ९ बजेको समयमा भालुको आक्रमणमा परेका हुन्। उनी सानो सोम्दुङ सामुदायीक वनमा घाँस काट्नका लागि गएकाथिए।

तामाङलाई आक्रमण गर्दा भालु कराएपछि घटनास्थलमा स्थानीय पुगेका थिए। गम्भिर घाईते तामाङलाई उद्धार गरी स्थानीयले उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याएका छन्। ग्रामिण सडकको पहूँच नपुगेको कुनिखोपबाट सल्लेरी ल्याई पुर्‍याउन ३ घण्टा भन्दा बढि समय लागेको ङिमादावा तामाङले बताए।

घाईते तामाङको अनुहार, गर्घन, हात, ढाडमा गम्भिर चोट लागेको छ। जिल्ला अस्पतालमा सामान्य उपचारपछि घाईते तामाङलाई काठमाण्डौ लैजाने तयारी गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०७६ १०:४१ सोमबार

भालु आक्रमण बृद्ध घाईते