समाज

चन्द्रागिरी र कीर्तिपुरका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै धर्ना

काठमाडौं- स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका पीडितहरुले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयका धर्ना दिँदै त्यहाँभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन्।

त्यस अवसरमा उनीहरुले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्। 

क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिनभित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिए। उहाँले सो नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनु परेको पनि स्पष्ट पारे।

धर्ना कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राजेन्द्र वानियाँले आफ्नो वडाबाट इँट्टाभट्टा हटाउन आफू तयार रहेको बताउनु भयो । उहाँले स्थानीयले इँट्टाभट्टा हटाएर सो ठाउँलाई धुवाधुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे।

यसैबीच, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे। उनले नगरपालिकाभित्र हुने सबै प्रकारका प्रदुषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताए।

चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरलाई प्रदुषणमुक्त बनाउने नीति तय गरेपनि कार्यान्वयनमा नगरेकोमा स्थानीयको आक्रोश छ। उनीहरुले क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भएकाले त्यस क्षेत्रबाट तत्काल इँट्टाभट्टा हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन्। 

प्रकाशित: ८ कार्तिक २०७६ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App