समाज

नगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमन

रामेछाप  – रामेछाप नगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गरेको छ। रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काको संयोजकत्वमा खाद्यान्न, मासुलगायत पसलहरूको अनुगमन गरिएको हो।

अनुगमनको क्रममा पसल दर्ता नगरेको, मूल्यसूची नराखेको, म्याद नाघेको खाद्यान्न तथा मिठाई बिक्री गरेको, पसलहरू नवीकरण नगरेको, सुर्तीजन्य, मदिराजन्य वस्तुहरू इजाजतबिना र खाद्यान्नसँगै राखेर बिक्री–वितरण गरेको पाइएको नगरपालिका प्रशासन प्रमुख नारायण सुवेदीले बताए।

अनुगमनका क्रममा प्रक्रिया नपु¥याई व्यवसाय गरेकालाई प्रक्रिया पु¥याउन, सामान खरिद गर्दा म्याद नाघे–ननाघेको हेर्न र प्रक्रियागत रूपमा व्यवसाय सञ्चालन गर्न सुझावसहित सचेत गराएको अनुगमन समितिका सदस्य लक्ष्मण श्रेष्ठले बताए। उनका अनुसार दोस्रो पटकको अनुगमनमा पनि त्यस्तै त्रुटिहरू भेटेमा सामान जफत र कानुनअनुसार कारबाही गरिनेछ।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२९ शुक्रबार

रामेछाप_नगरपालिका चाडपर्व अनुगमन