समाज

नागरिकता र राहदानी लिने बढे

खोटाङ – दसैं र तिहारबीच जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। दसैं र तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम दिक्तेल आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो।

अधिकांश समय सहरमा बसोबास गर्ने नागरिकले घर आएको बेला नागरिकता तथा राहदानीको काम गर्ने भएकाले प्रशासनमा भिडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए।

प्रशासनका अनुसार दसैंपछि कार्यालयबाट दैनिक ५० देखि ७० जनाको हाराहारीमा नागरिकता तथा १५ देखि ३५ जनाको हाराहारीमा राहदानीको फारम वितरणको काम भइरहेको छ

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२२ शुक्रबार

जिल्ला_प्रशासन_कार्यालय नागरिकता राहदानी