समाज

स्काभेटरले किच्दा एकको मृत्यु

बैतडी – स्काभेटरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५, पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ।

लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काइभेटरमा सवार पुजाराको खस्दा स्काभेटरले किचेको प्रहरीले जनाएको छ। सडक निर्माणको काम गरिरहेको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजारा ल्याउँदै गरेको अवस्थामा बिहीबार बिहान पेले भन्ने स्थानमा खसेका इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरसिंह बोहरा फरार रहेका छन्। त्यस्तै धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ट्रकचालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको जनाइएको छ। चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२० शुक्रबार

स्काभेटर मृत्यु