समाज

भारतमा बलात्कार, नेपालमा पक्राउ !

काठमाडौं– भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ। 

भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो। 

सुनारले मुम्बईको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुलमा बस्ने २५ वर्षीया विवाहित महिलालाई उनकै कोठामा पसेर बलात्कार गरेका थिए। पीडित महिला पनि नेपालकै हुन्। उनी मुम्बईमा रोजगार गर्दै आएका श्रीमानसँग बस्दै आएकी थिइन्।

सुनार पनि कामको सिलसिलामा मुम्बइमा थिए। उनले असोज २५ राती २ बजे श्रीमान ड्युटीमा गएको अबस्थामा पीडित महिलामाथि सुतेकै अवस्थामा जबरजस्ती करणी गरेका थिए। 

सल्यानका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाका अनुसार जबरजस्ती करणी उद्योगपछि भागेर नेपाल आएका सुनारलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। ‘सम्मानित सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेका छौं’, उनले भने। 

प्रकाशित: ७ कार्तिक २०७६ ०९:०३ बिहीबार

बलात्कार भारत नेपाल