समाज

अज्ञात रोगले ६० भन्दा बढी बाख्रा मरे

तुलसीपुर- दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ। अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन्।

सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । ज्वरो आउने, स्याँस्याँ गर्ने र सिगान छोड्ने त्यसपछि मर्ने गरेको केन्द्रका पशु प्राविधिक धु्रव बस्नेतले जानकारी दिए।  

रोगको पहिचान गर्न नमूना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया सुरु भएको उनले बताए। अहिले रोग नियन्त्रणका लागि बबई गाउँपालिकाको स्वास्थ्य शाखाको टोली खटिएको छ।

केही दिन देखि त्यहाँ बाख्रामा यसरी रोग देखा परेको हो। रासस

प्रकाशित: ६ कार्तिक २०७६ १२:५२ बुधबार

अज्ञात रोग बाख्रा