समाज

कृषिमन्त्रीको अगुवाईमा रोपिएको धान खेत चरणस्थलमा परिणत

कपिलवस्तु- गत असार १६ गते तिलौराकोटमा प्रचिन झल्को दिने गरी राजकीय धान रोपाई मंगल उत्सवह गरियो। सो अवसरमा कृषि तथा पुशपंक्षी विकास मन्त्री चक्रपाणी खनालको  अगुवाईमा तिलौराकोटमा तामझामकासाथ धान समेत रोपियो। रोपाईकै क्रममा मन्त्री खनालले हलो जाते। आफैले धान रोपे। लुम्बिनी विकास कोषले राजा शुद्धोदनको राजदरबार क्षेको पूर्वीद्वार र कन्थक स्तुप  नजिकै धान लगाईएको थियो। कोषले २ वर्ष अघि  अधिग्रहण गरेको ३ कठ्ठा जग्गामा कालानमक जातको धान रोपिएको थियो।

तत्कालीन अवस्थामा खडेरी र मलखादको अभावको बिच नहरबाट पानी ल्याएर धान रोपिएको थियो। २६ सय बर्ष अघि राजा शुद्धोदनले गरेको राजकीय रोपाईलाई जीवन्त राख्न मन्त्री खनालको अगुवाईमा रोपिएको धान खेत भने अहिले चरण स्थलमा परिणत भएको छ। खेतमा धान सप्रीएर धानको बाला लाग्ने समय समेत भइसकेको छ। तर खेतमा धानको अवशेष  नै छैन।

धान खेतमा झारपात र पलाएका छन्। धानको नामो निसान छैन। गाई भैंसी, बाख्रा, भेडा लगायतका चौपायाहरु खेतमा घास चर्ने गरेको तिलौराकोट नजिकै रहेको शिवगढी गाउँबासी बताउँछन्। अधिग्रहण गरिएको जग्गासँगै सटेर रहेको कृषकहरुले लगाएको खेतमा भने धानको बालाहरु झुलेका छन्।  स्थानीय सायरा खातुनले तिलौराकोटमा रोपिएको केही दिनमै धान सखाप भएको बताईन। ‘ गत असार १६ गते कृषिमन्त्री खनालको अगुावईमा तिलौराकोमटा भब्यरुपमा धान उत्सव गरी रोपिएको थियो, ’ उनले भनिन ‘ अहिले त्यो खेतमा धानको नामो निसाछ छैन ।’ ३ कठ्ठमा रोपिएको धान कहाँ हरायो उनले प्रश्न गरिन्। ‘ यसबाट प्रष्ट हुन्छ कार्यक्रमकालागि कोषले कार्यक्रम गरेको थियो भन्ने कुरा ’ उनले भनिन् ‘ कार्यक्रममा लाँखौ रुपैयाँ खर्च गरियो कृषिमन्त्री कै अगुावाईमा कार्यक्रम गरियो त्यसको त संरक्षण हुन सकेन ।’ कृषिमन्त्रीले रोपको धानको त संरक्षण गर्न नसक्ने कोषले पुरातात्विक संरचनाहरुको के संरक्षण गर्छ उनले आक्रोसित  हुदै भनिन्।

 तिलौराकोट दरबार र जग्गाको रेखदेख र संरक्षणकालागि कोषको तिलौराकोट सम्पर्क कार्यालय खोलिएको छ। नासु माधव प्रसाद आचार्य त्यहाँका प्रमुख हुन। ३ सुरक्षा गार्ड समेत छन्। तर खेतमा रोपिएको धान बचाउन कसैले पलह गरेको देखिएन। प्रमुख आचार्यले गार्डले दिन रात खेतको हेरचार गरे पनि धान बचाउन नसकेको बताए। ‘ खुला ठाउँमा रहेको खेतमा धान रोपाई गरिएको थियो  केही दिन सम्म त गार्डहरुले डियुटी गरे दिनरात चौपाया आउने गरेकोले धान बचाउन सकिएन ’ उनले भने। ‘ हामीले धान बचाउन सक्दो कोसिस गरेको हौ तर खुला ठाउँ भएकाले सकिएन ’ उनले भने। स्थानीयबासी उमेश बास्कोटाले कोषले राजकीय धान उत्सवका नाममा औपचारिता मात्र गरेका बताए। ‘ कोषले देखाउनलाई मात्र यो कार्यक्रम गरेको हो, अरु केही होईन। यसमा कोषका कर्मचारीहरको समेत लापरबाही प्रष्ट भएको उनले बताए।

 

 

प्रकाशित: ५ कार्तिक २०७६ १२:२५ मंगलबार

कृषिमन्त्री रोपाई चरणस्थल