समाज

बस दुर्घटनामा चालकको मृत्यु

तनहुँ– तनहुँको भानुमा मंगलबार भएको सवारी दुर्घटनामा बस चालकको मृत्यु भएको छ। डुम्रे बेसिसहर सडकखण्ड अन्तर्गत डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना ३ ख ९७६८ नम्बरको बस भानु नगरापलिका–१० नेपालडाँडामा दुर्घटनामा परेको हो। 

मृत्यु हुनेमा चालक भानु नगरपालिका ६ का २१ वर्षीय अनिल सार्की रहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ। तीन जना यात्रु मात्र सवार बस दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए। घाइते चालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताए। ‘अनियन्त्रित बस सडकबाट १० मिटर जति तल खसेको थियो,’ प्रहरी निरिक्षक श्रेष्ठले भने।

प्रकाशित: ५ कार्तिक २०७६ ११:२१ मंगलबार

बस_दुर्घटना चालक मृत्यु