समाज

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

बुर्किनाफासो – उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ। आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।

सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब तीन बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ। सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ।

यी आक्रमणबाट पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन्। पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमला भइरहेका छन्। अघिल्लो साता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो।

 

 

 

प्रकाशित: ४ कार्तिक २०७६ ०६:४० सोमबार

उत्तरी_बुर्किनाफासो आक्रमण मृत्यु