राैतहट – सांसद अफताव आलमलाइ दोश्रो पटक म्याद थपाउन प्रहरीले जिल्ला अदालत गौरमा ल्याएको छ।
अफताव आलम निर्दोष भन्दै जिल्ला आदलत गौरमा बहस समेत भैरहेको छ । गत आइतवार उनलाई सात दिनको म्याद प्रहरीले अनुसन्धानको लागि मागेको त्यस अवधि सम्म अफताबले बयान दिन मानेका थिएनन् ।
सासद आलमले आफू अस्वस्थ भएको र घर परिवारका साथै कानुनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिएका छैनन्।
बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन सासद आलमलाइ प्रहरीले अदालत पेश गरेका छन
प्रकाशित: ३ कार्तिक २०७६ ०६:४८ आइतबार