समाज

एनआरएनले विदेशी साथी नेपाल भ्रमणमा पठाउनु पर्ने

काठमाडौं- हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथीलाई नेपाल भ्रमणमा पठाउनु पर्ने समझदारी भएको छ। नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच यस्तो समझदारी भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थीतिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरे।

विदेशी साथी नेपाल पठाएको रेकर्ड दुवै पक्षले राख्ने समझदारी समेत भएको छ। सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०६:४७ आइतबार

एनआरएन नेपाल_भ्रमण