समाज

६५ वर्षीय वृद्धको हत्या, आरोपमा किशोर पक्राउ

ताप्लेजुङ - ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ स्थित देउरालीमा एक वृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ वर्षीय फुपु दोर्चे शेर्पाको हत्या भएको हो।

हत्या आरोपमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोक घर भई हाङ्देवाको गुप्तेमा बस्दै आएका १८ वर्षीय प्रकाश कालिकोटेलाई प्रहरीले पक्राउ गरेको छ। शेर्पाको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल ल्याइएको छ भने घटनाई थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०७६ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App