समाज

फरार अभियुक्त जेल चलान

भक्तपुर– बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले शुुक्रबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका भक्तपुर जिल्ला साबिक नंखेल गाउँं विकास समिति ७ हाल सूर्यविनायक नगरपालिका–९ नंखेल बस्ने वर्ष ४७ को प्रकाशराज खत्रीलाई पक्राउ गरेको हो। 
अदालतबाट भएका कैद तथा जरिवाना फैसलाको कार्यान्वयन गर्ने सिलसिलामा 

बैंकिङ कुसर मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गते भएको फैसला बमोजिम तीन वर्ष कैद र आठ करोड पचास लाख रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनलाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा निज प्रतिवादीले जरिवाना वापतको रकम नबुझाएकाले सो जरिवाना वापत थप १० वर्ष कैद सजाय ठेकी जम्मा १३ वर्ष कैद भुक्तान गर्नका लागी कारागार कार्यालय नख्खु ललितपुर पठाइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। 

प्रकाशित: १ कार्तिक २०७६ १३:२४ शुक्रबार

बैंकिङ_कसुर फरार जेल_चलान