समाज

अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो

रुकुमपूर्व– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दीमा रहेको अव्यस्थित घरजग्गा दर्ताका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयले तनहुँ जिल्ला साविक दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी हाल शुक्लागण्डकी नगरपालिकाअन्तर्गत बसोबास गरेका अव्यवस्थित बसोबासीका नाउँमा जग्गा दर्ता गर्ने समितिको कार्यालय स्थापना गरी वर्षौंदेखि लालपूर्जाविहीन रहेका स्थानीयवासीलाई लालपूर्जा दिन काम शुरु गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित भएअनुसार गठित समितिको २०७६ असोज ७ को निर्णयमा दफा ८ बमोजिम समितिको कार्यक्षेत्र विभाजन गरी घरजग्गा दर्ता गर्न निवेदन माग गरिएको कार्यालयका सदस्य–सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए।

समितिले शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौडा गाविसको वडा नं ७, ८ र ९ र साविक ढोरफिर्दी गाविस वडा नं ३ का अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ। रासस

प्रकाशित: १ कार्तिक २०७६ ०७:५५ शुक्रबार

घरजग्गा_दर्ता अव्यवस्थित