समाज

एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, गणना आजै

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको क्रममा आज भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

केहिबेरपछि मतगणना सुरु हुने बताइएको छ। मतदान विहान १० बजेदेखि सुरु भएर साढे पाँच बजे सकिएको थियो। आज राती नै मत परिणाम आउने गरी गणनाको तायारी गरिएको छ। मतदान ४२ पदका लागि भएकोमा केहि निर्विरोध भएका छन्। आज हुने भनिएको समापन समारोह शुक्रबार बिहन गरिने भएको छ।

प्रकाशित: ३० आश्विन २०७६ १२:२५ बिहीबार

एनआरएन निर्वाचन मतगणना