समाज

बलात्कारका घटना बढ्दै

सुर्खेत- बजार घुम्न आएकी वीरेन्द्रनगरकी १२ वर्षीया बालिका असोज १६ दिन सामुहिक बलात्कारको सिकार भइन्। बालिकालाई चिनजानकै केटा साथीले घुमाउने बहानामा अटो रिक्सामा राखेर जंगल पु¥याए। बाटोमा थपिँदै गएका केटाका तीन जना साथीसहितबाट उनी बलात्कृत भइन्। योक्रममा उनीमाथि दुई दिनसम्म निरन्तर रह्यो। दुई दिनसम्म बन्धक बनाएर जंगलमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

दसैंको टिकाको पर्सीपल्ट (असोज २४) मा सोही प्रकृतिको घटना दोहोरियो। वीरेन्द्रनगरकी १४ वर्षीया बालिकालाई चार जनाको समूहले सामुहिक बलात्कार ग-यो। बलात्कारमा संलग्नहरुको उमेर २० वर्षमुनि थियो। बालिकाका अभिभावकको जाहेरीपछि प्रहरीले चारै जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका साउन २३ गते वीरेन्द्रनगगरकै फलाटे सामुदायिक वनको नर्सरीमा बलात्कृत भइन्। घटनामा संलग्न १८ वर्षीय अमित पक्राउ परे।

चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा सुर्खेतमा बलात्कार सम्वन्धी २३ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। यि मध्ये तीन वटा सामुहिक बलात्कारका घटना हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रवी रावलका अनुसार साउनमा आठ, भदौमा आठ र असोज महिनामा सात वटा बलात्कारका घटना भएको जानकारी दिए। ‘यि मध्ये १३ वटा घटना जवरजस्ती करणीका हुन्,’ डिएसपी रावलले भने, ‘जवजस्ती करणी उद्योगका छ र सामुहिक बलात्कारका तीन वटा घटना दर्ता भएका छन्।’ उनका अनुसार तीन महिनाको अवधिमा अप्राकृतिक मैथुनका दुई वटा घटना दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको सुरुका तीन महिनामा बलात्कारका १८ वटा घटना दर्ता भएका थिए।

‘हरेक वर्ष सुर्खेतमा बलात्कार, सामुहिक बलात्कार, बलात्कार प्रयासका साथै अप्राकृतिक मैथुनका घटनाहरु बढिरहेको तथ्याङ्कले देखाउँछ’ डिएसपी रावलले भने, ‘यस्ता घटना न्यूनिकरणका लागि कानुनको कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं।’ पछिल्लो पुस्ता अभिभावक र समाजको नियन्त्रणबाहिर पुग्नुका साथै हातहातमा मोवाइल र इन्टरनेटको पहुँचले बलात्कारलगायतका घटना बढ्न थालेको प्रहरीको भनाइ छ। ‘पछिल्लो पुस्ता प्रविधिलाई सदुपयोग हैन् दुरुपयोग गरिरहेको छ’ उनले थपे, ‘यसले समाजमा बलात्कारलगायतका अपराधजन्य घटनाहरु बढ्दै गएका छन्।’ फोन तथा इन्टरनेटको दुरुपयोग, आमा–बुवाको छोराछोरीप्रति ध्यान नजानु, यौनवद्र्धक औषधिको खुल्ला विक्रीलगायतका कारणले बलात्कारलगायतका अपराधिक घटना हुने गरेको प्रहरीको भनाई छ।

बढ्दै बलात्कार घटना
जिल्ला प्रहरी कार्यालयको पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा सुर्खेतमा जवजस्ती करणी तथा जवजस्ती करणी उद्योगका एक सय ६२ वटा घटना दर्ता भएका छन्। यि घटनामा एक सय ५३ जना पक्राउ परेका छन् भने अझै २२ जना फरार छन्। तथ्याङ्क अनुसार तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा बलात्कार र बलात्कार प्रयासका घटना धेरै भएका छन्। यो आर्थिक वर्षमा जवजस्ती करणीका ६१ र जवजस्ती करणी उद्योगका १४ वटा घटना दर्ता भएका छन्। यस्तै आर्थिक वर्ष २०७४–०७५ मा जवजस्ती करणीका २३ र जवजस्ती करणी उद्योगका १३ वटा घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७३–०७४ मा जवजस्ती करणीका २६ र जवजस्ती करणी उद्योगका आठ वटा घटना दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा जवजस्ती करणीका १२ र जवजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता भएका छन्।

प्रकाशित: ३० आश्विन २०७६ १०:५५ बिहीबार

बलात्कार घटना वृद्दि