समाज

खरिदार घुससहित पक्राउ

रूपन्देही– भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तु तौलिहवाका–२ जना खरिदार घुस लिँदै गर्दा बुधबार दिउँसो पक्राउ परेका छन्। जग्गाको मोही नामसारी गर्ने भन्दै सेवाग्राहीसँग ६ हजार घुस लिएका मालपोतमा कार्यरत खरिदारद्धय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

सेवाग्राहीबाट ६ हजार घुस लिईसकेका खरिदार दुई जनालाई दिउँसो ३ बजे मालपोत परिसरबाट नियन्त्रण गरिएको अख्तियार बुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनले नियन्त्रणमा लिएका खरिदाद्धयलाई मुद्धा दर्ता गरि आवश्यक कारवाही गरिने बताए। पछिल्लो समय अख्तियार बुटवलले स्ट्रीङ अप्रेशनलाई बढाएको छ।

प्रकाशित: २९ आश्विन २०७६ १२:४६ बुधबार

घुस खरिदार पक्राउ