समाज

बसको ठक्करले बालकको मृत्यु, बसमा आगजनी

दुर्घटनापछि बट्टार बजारमा लागेको भिड । तस्बिरः नागरिक

नुवाकोट- नुवाकोटको बट्टार बजारमा बाटो काट्ने क्रममा बसको ठक्करले एक बालककोे मृत्यु भएको छ। मृत्यु हुनेमा तार्केश्वर गाउँपालिका–५ का ५ वर्षीय बालक युनिक तामाङ रहेका छन्। भाल्चे–त्रिशुली हुँदै काठमाडौं जान लागेको केरुङ यातायातको बा.४ ख.७५०४ नम्बरको डिलक्स बसले तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

स्थानीय तथा मृतकको आफन्तले उक्त बसमा आगजानी गरेका छन्। प्रहरीले भिडलाई नियन्त्रणमा लिन ५ राउण्ड भन्दा बढी अश्रु ग्यास प्रहार गरेको बताइएको छ। 

प्रकाशित: २९ आश्विन २०७६ ०८:०९ बुधबार

बस ठक्कर मृत्यु आगजनी