समाज

तपोवनको गाडीमा आगजनी

काठमाडौं  – ओशो तपोवनको मूल गेटअगाडि पार्किङ गरिएको तपोवनको स्वामित्वमा रहेको बा२क २१४७ नम्बरको बसमा आगजनी गरिएको छ । तपोवनको धनजनलाई नै ठूलो क्षति पु¥याउने नियोजित उद्देश्यसहित अवाञ्छित तत्वले आगजनी गरेको तपोवनका सदस्य सचिव सुदीप पौडेलले बताए ।

आगजनी गर्नेहरूले प्रज्ज्वलनशील पदार्थको प्रयोग गरी बाहिर आगो बाली बसको टायरमा आगो लगाई बस जलाउने प्रयास गरेसो गर्न समय लाग्ने भएपछि झ्याल खोली बलेको आगो बसको सिटमा फालिएको पौडेलको भनाइ छ । फालिएको आगोले सिटहरू जली बसलाई क्षति पुगेको पौडेलले जनाए ।

सोमबार राति आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, जोर्वा रेस्टुरेन्ट, साधकहरू रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका दुईभन्दा बढी ग्यास सिलिन्डरसमेत रहेका थिए ।

हाल चलिरहेको ध्यान शिविरमा सहभागी हुन विश्वका १३ भन्दा बढी राष्ट्रहरूबाट दुई सय ५० भन्दा बढी साधक आएका छन् । आगजनीको घटनाले साधकहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको उल्लेख गर्दै सदस्य सचिव पौडेलले भने, ‘यस्ता घटनाले नेपाल भ्रमणमा आउने पर्यटकको शान्ति सुरक्षाको विषयसँग समेत प्रत्यक्ष सरोकार राख्छ र नेपाल एक असुरक्षित गन्तव्य भएको प्रतिकूल सन्देश विश्वमा प्रवाहित हुन्छ ।’

तपोवनलाई यसरी आव्रmमण गर्ने धम्कीहरू विगतमा बारम्बार प्राप्त भइरहेको र तपोवनविरुद्ध सुनियोजित रूपले विभिन्न माध्यमबाट आक्रमण भइरहेको बताउँदै उनले यस सन्दर्भमा तपोवनको शान्ति–सुरक्षाबारे प्रहरी वृत्त बालाजुमा निवेदनसमेत दिइएको जानकारी दिए ।

ओशो तपोवनजस्तो पवित्र आध्यात्मिक संस्था, संस्थाका स्वामीजी तथा हाम्रो देशको इज्जत–प्रतिष्ठामा समेत आँच पु¥याउने कुत्सित भावनासमेत राखी गरिएको आगजनीको भत्र्सना गर्दै उनले यस्तो अमानवीय र आपराधिक प्रकृतिका व्यक्तिहरू पत्ता लगाई आवश्यक कानुनी कारबाही तथा शान्ति–सुरक्षाको व्यवस्था गर्न सरोकारवालासमक्ष माग गरेका छन् ।

प्रकाशित: २९ आश्विन २०७६ ०१:४१ बुधबार

ओशो_तपोवन आगजनी