समाज

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा निर्विरोध

रुपन्देही– रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन्। संघको २१ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेद्वारी परेपछि अध्यक्षमा निर्विरोध भएको हो।

यहाँका उद्योगी व्यवसायीहरुको ठूलो समूह आवद्ध उद्योग संघमा बोहोरा यसअघि बरिष्ठ उपाध्यक्ष पदमा थिए। संघको २ वर्षे कार्यकालको लागि असोज ३० गते मतदान हुँदैछ। यसैगरि संघको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुलीको पनि एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन्।

वाम र प्रजातान्त्रिक समूहमा उद्योगीहरु विभाजित समेत भएका छन्। अध्यक्ष र केहि पदाधिकारीमा एकल उम्मेद्वारी परेपनि महासचिवसहितका पदमा भने चुनाव नै हुने भएको छ। महासचिवमा शिवकुमार पाठक र जिवकान्त काफ्लेको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा हरिबहादुर खत्री र दीपक खनाल, सचिवमा हिरामणि भट्टराई र चन्द्रकान्त खनाल, महिला सचिवमा रेनुका खरेल र माया खनालको उम्मेद्वारी परेको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए।

यसैगरि सहकोषाध्यक्षमा माधव रेग्मी र गिरिराज गैरेबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै एशोसिएटतर्फ खुल्लामा सुमन बस्याल र भैरहवा क्षेत्रमा मोहनीलाल रिजाल, संस्थागत सदस्यमा अशोक कुंवर र सेवामूलक सदस्यमा लालहरि पाण्डे निर्विरोध भएका छन्। अन्य १४ जना कार्यसमिति सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको छ।

२०३५ सालमा स्थापना भएको संघमा संघमा १ हजार ३० जना मतदाता छन्। उम्मेद्वारी मनोनयन उपर बुधबार दावी गर्ने समय दिइएको छ। साधरणसभा तथा अधिवेशनको विहिबार नेकपा महासचिव एंव पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गणेश प्रसाद अधिकारीले जानकारी दिए। 

प्रकाशित: २८ आश्विन २०७६ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App