समाज

जुवा खेल्ने सात जना पक्राउ

चितवन– भरतपुर महानगरपालिका वडा नम्बर २ को बालकुमारी रोडबाट चितवन प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

तनहुँ घर भइ बालकुमारी रोडमा डेरा गरी बस्ने ३५ वर्षिय राजेशकुमार विकले घरको तेस्रो तल्लामा रहेको आफ्नो कोठामा जुवातास खेलाई रहँदा मंगलबार दिउँसो १२ः२० बजे सात जनालाई खालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। 

पक्राउ पर्नेमा विकसहित, भरतपुर महानगरपालिका १ का ३५ वर्षिय कपिल गुरुङ, ३५ कै सरोज पोख्रेल, ३५ वर्षकै राजन ठकुरी भरतपुर २ क्षेत्रपुरका ३१ वर्षिय विशाल लामा, गैंडाकोट–९ का ३४ वर्षिय कर्म गुरुङ र लमजुङका ३२ वर्षिय एडेन गुरुङ रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले ७८ हजार पाँच सय पाँच रुपैयाँ समेत बरामद गरेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ११:४२ मंगलबार

भरतपुर_महानगरपालिका जुवा पक्राउ चितवन_प्रहरी