समाज

ठेकेदारले सुरक्षा सामाग्री नदिएपछि जोखिम मोलेरै काम गर्न बाध्य मजदुर

डडेल्धुरा– सुरक्षाका सामाग्री प्रयोग नगरी मजदुहरुले जोमिख पुर्ण अवस्थामा काम गर्दै आएका छन्। दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुले सुरक्षाका लागी प्रयोग गर्ने कुनै पनि वस्तु प्रयोग गर्दैनन्। भौतिक पुर्वाधार निमार्णका क्षेत्रमा काम गर्ने मजदुरहरु कसैले पनि सुरक्षाका लागी प्रयोग गरिने वस्तु प्रयोग नगर्ने गरेका हुन्।

कालो पत्रेको धमाधम काम भईरहेको डोटीको बुडरदेखि डडेल्धुराको भित्रि मधेश जोगबुडा जोड्ने बुडर–जोगबुडा सडक खण्डमा काम गर्ने मजदुरले सुरक्षाका लागी प्रयोग गरीने कुनै पनि वस्तु प्रयोग गर्ने गरेका छैनन्। जसले गर्दा सम्भावित सामान्य चोट पटकले मजदुरहरुको स्वास्थ्यमा गम्भीर खतराको सम्भावना बढेको छ।

काम गर्दा सुरक्षाका लागी मजदुरहरुले हेलमेट, पञ्जा, बुट, जगेट, चस्मा अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने भए पनि मजदुरहरुले भने प्रयोग गर्ने गरेका छैनन्। उनीहरु जोखिम मोलेरै काम गर्न बाध्य छन्।

भौतिक निर्माणका काम गर्दा ठेक्का सम्झौता भएका निर्माण कम्पनी वा काममा लगाउने जो कसैले पनि मजदुरको स्वास्थ्य सुरक्षाका लागी लगाईने सामाग्री अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने प्रावधान छ। तर काममा लगाउने ठेकेदारहरुले सुरक्षाका त्यस्ता सामाग्री उपलब्ध नगराउने भएका कारण मजदुरहरु जोखिम मोलेरै काम गर्न बाध्य छन्।

प्रत्येक नागरिकको जिउधन, स्वास्थ्य, सुरक्षाको ग्यारेण्टी नेपालको संविधानले गरेको छ। तर निर्माण काम्पनीको लापर्वाहीका कार मजदुरहरुले सम्भावित जोखिम मोलेरै भए पनि काम गर्नु पर्ने बाध्यता छ। सरोकारवालाले पनि यस बिषयमा कुनै चासो नदिदा संविधानमा उल्लेख गरिएका मौलिक हकको मजदुरले प्रत्याभुत गर्न सकेका छैनन्।

हामीले आफ्नो सुरक्षाका लागी हेलमेट, पञ्जा, बुट, जगेट लगाउने हो। बुडर–जोगबुढा सडकखण्डमा पर्खाल लगाउने काम गरि रहेका मजदुर गणेश मगरले भने, तर ठेकेदारले दिउला भनेका हुन अहिलेसम्म दिएका छैनन्। काम पनि लगभग सकिनै लाग्यो।

चोट पटक नलागोस् भनेर सुरक्षाका लागी हेलमेट लगाउने हो सोही सडकमा काम गरि रहेका भिमबहादुर थापा सिंजालीले भने, कम्पनीले दिएको छैन्। कम्पनीलाई दिनुस भनेर पनि भनेको उनले भने, तर अहिलेसम्म दिएका छैनन्। 

सुरक्षाका लागी लगाउनु पर्ने भए पनि कम्पनी वा ठेकेदारले उपलब्ध नगराउन सुरक्षाका लागी प्रयोग गरिने सामाग्रीविना नै काम गर्नु पर्ने बाध्यता रहेको मजदुरहरुको भनाई छ। 

कालोपत्रेको काम भईरहेको बुडर–जोगबुढा सडक खण्डमा सुरक्षाका सामग्री प्रयोग नगरी काम गरिरहेका मजदुर । तस्बिरः नागरिक

प्रकाशित: २८ आश्विन २०७६ ०७:२० मंगलबार

सडक_निर्माण मजदुर ठेकेदार